सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन सोमबार तोलामा रु एक लाख ४१ हजार एक सयमा कारोबार भएकोमा आजका लागि एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य रु एक हजार आठ सय ८५ छ।

Skip This
Skip This
Logo