काठमाडौँ,
२०६८ यता हेलो सरकार कक्षमा जम्मा ९० हजार ८ गुनासा दर्ता भएका छन् । हेलो सरकार शाखा प्रमुख शेखर पौडेलका अनुसार सो मध्ये ७४ हजार ४३३ (८२.७० प्रतिशत) गुनासा फछ्र्यौट भएका छन् । १५ हजार ५७५ अर्थात् १७.३० प्रतिशत गुनासा मात्र फछ्र्यौट हुन बाँकी छन् ।
पछिल्लो छ महिनामा कुल ९ हजार ३६८ गुनासा दर्ता भएका छन् । जसमध्ये गृहमन्त्रालयसँग सम्बन्धित सबैभन्दा बढी गुनासो दर्ता भएका छन् । हेलो सरकार शाखाका अनुसार धेरै गुनासा प्राप्त भएका पाँच मन्त्रालयमा एक नम्बरमा गृह रहेको छ । सोपछि दोस्रोमा शिक्षा मन्त्रालय रहेको छ । त्यस्तै, तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, चौथोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र पाँचौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रहेको छ ।
सोही अनुसार गुनासाका आधारमा सबैभन्दा बढी गुनासा फछ्र्यौट गर्ने पाँच मन्त्रालयमा पनि गृह सबैभन्दा अगाडि छ । गृहले २९.६ प्रतिशत गुनासा फछ्र्यौट गरेको छ । त्यस्तै दोस्रोमा सङ्घीय मामिला रहेको छ । सो मन्त्रालयले १२.४ प्रतिशत गुनासा फछ्र्यौट गरेको छ । त्यस्तै तेस्रो, चौथो र पाँचौमा क्रमशः भौतिक पूर्वाधार ५.८ प्रतिशत, श्रम तथा रोजगार ५.२ प्रतिशत र स्वास्थ्यले ४.५ प्रतिशत गुनासाको पछिल्लो छ महिनामा फछ्र्यौट गरेको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया