हिरोको ब्राण्ड एम्बेसडरमा सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राई नियुक्त

हिरोको ब्राण्ड एम्बेसडरमा सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राई नियुक्त

केन्द्रबिन्दु
21
Shares

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली कला क्षेत्रका तीन प्रतिष्ठित व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ |

नक्सालस्थित स्टेट अफ दि आर्ट शोरूममा एक कार्यक्रम गरी कम्पनीले सुशान्त केसी, सुरक्षा पन्त र दयाहाङ राईलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेकाे हाे । यस रणनीतिक कदमले हिरो ब्रान्डको उपस्थितिलाई नेपालमा अझै बलियो बनाउने लक्ष्य कम्पनीले राखेको छ ।

सुमधुर आवाजका धनी सुशान्त केसी हिरो एक्सपल्सलाई आफ्नो संगीत जस्तै रोमाञ्चक रूपमा अगाडि लैजान तयार छन्‌ । “साथी” र “सारंगी” जस्ता हिट गीतहरूले उनलाई नेपालको सांगीतिक क्षेत्रमा उदीयमान ताराको रूपमा स्थापित गरेको छ ।

त्यसैगरी पछिल्लोसमय नेपाली चलचित्र उद्योगमा अति लोकप्रिय तथा प्रभावशाली अभिनेत्री सुरक्षा पन्त हिरो जूमलाई राइडर्सको हृदयमा जूम गराउन तयार छिन्‌ । साथ साथै, नेपालमा हाल सर्वाधिक लोकप्रिय अभिनेता मध्येका एक दयाहाङ राईले हिरो सुप्लेन्डर सिरिजका मोटरसाइकलको विरासतलाई अगाडि बढाउन भुमिका खेल्ने कम्पनीले जनाएकाे छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो विश्वास र उत्कृष्टताका लागि सबैमाझ परिचित छ । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समयअघि मात्रै नेपालमा विस्तारका लागि आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्ब गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरैको थियो । हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन्‌ ।

Logo