कति छ खेलकुदमन्त्री विराजभक्त श्रेष्ठकाे सम्पत्ति ? 

कति छ खेलकुदमन्त्री विराजभक्त श्रेष्ठकाे सम्पत्ति ? 

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त तोला सुन र चाँदी रहेको देखिएको हो । 

सम्पत्ति विवरणमा उनीसँग १ करोड रुपैयाँ बराबरको सेयर रहेको पनि देखिएको छ । विवरणमा श्रेष्ठको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर रहेको देखिएको छ । 

उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । विवरणले उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको देखाएको छ । नेपाल स्टक एक्सजेञ्जमा विभिन्न कम्पनीको १ करोड बराबरको सेयर र  २० लाख रुपैयाँ ऋण रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

Skip This
Skip This
Logo