स्टीलबर्डले ल्यायो ब्लुटुथ र सेफ्टी फिचरसहितको फाइटर हेलमेट

स्टीलबर्डले ल्यायो ब्लुटुथ र सेफ्टी फिचरसहितको फाइटर हेलमेट

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । स्टीलबर्डले ब्लुटुथ र सेफ्टी फिचरसहितको फाइटर हेलमेट भारतमा सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको हेलमेटमा लेटेस्ट इनोभेसन, प्रोटेक्शन, कम्फर्ट र स्टाइल कम्बोको साथमा ब्लुटुथ कनेक्टिभिटी र एलईडी रियर ब्लिंकर जडान गरिएको कम्पनीले बताएको छ।

यो हेलमेट ३ साइजमा उपलब्ध रहेको जसमा मिडियम ५८० एमएम, लार्ज ६०० एमएम र एक्सएल ६२० एमएमको रहेको कम्पनीले जानकारी दिएको छ। साथै, सो हेलमेट विभिन्न आकर्षक कलरमा उपलब्ध छ। कम्पनीले यसमा हाई इम्प्याक्ट पार्ने थर्मोप्लास्टिक सामग्री प्रयोग गरेको र जसले यसलाई बलियो र स्थायित्वको हिसाबले उत्कृष्ट बनाउने कम्पनीले जनाएको हो।

स्टीलबर्डको नयाँ हेलमेटमा ५.२ स्मार्ट ब्लुटुथ जडान गरिएको छ। यसमा लिथियम आयन ब्याट्रीले सुसज्जित गरिएको छ, जसको मद्दतले ४८ घण्टाको टक टाइम, ११० घण्टाको स्ट्यान्डबाइ टाइम, भ्वाइस कमाण्ड मार्फत नेभिगेसन सुविधा लिन सकिन्छ । यसमा नाइट राइडिङका लागि एलईडी लाइट ब्लिंकर पनि छ, जसलाई हेलमेटमा जडान गरिएको सानो पुश बटनबाट नियन्त्रण गर्न सकिने कम्पनीको दाबी छ।

सो हेलमेटमा नोज प्रोटेक्टर, माउथ गार्डमा भेन्ट्स, रिप्लेस गर्न मिल्ने र धुन मिल्ने इन्टेरियर, थप सुरक्षाका लागि विन्ड डिफ्लेक्टर, पोली कार्बोनेट एन्टी-स्क्र्याच कोटेड भाइजर, रातिको समयमा राम्रो भिजिबिलिटीका लागि घाँटीमा रिफ्लेक्टिभ पार्ट्स, माइक्रो-मेट्रिक बकल, क्विक रिलिज भाइजर, स्पोर्टी लुकको लागि पेन्टेड ब्ल्याक र क्रोम फिनिशमा पोली कार्बोनेट स्पोइलर, एड्जस्टेबल भिजिबिलिटी भएको इनर सनशिल्ड, विन्डशिल्डका लागि एरोडायनामिक डिजाइन जस्ता फिचर रहेको कम्पनीको दाबी छ।

स्टीलबर्डको नयाँ फाइटर सिरिज हेलमेटको प्रारम्भिक मूल्य २ हजार ९९९ भारतीय रूपैयाँबाट सुरू छ।

Logo