भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा दुई देश बीच पारस्परिक सहयोगका लागि सम्झौताहरु भएका छन् ।































प्रतिक्रिया