प्रधानमन्त्री प्रचण्ड आफैँ पुगे देउवा निवास

प्रधानमन्त्री प्रचण्ड आफैँ पुगे देउवा निवास

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका छन्।

उनी केही बेर अगाडि बुढानीलकण्ठ पुगेको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

संसदीय छानबिन समितिको कार्यादेश टुग्यांउन प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्नु अगाडि सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेको बेला प्रधानमन्त्री प्रचण्ड देउवा भेट्न बुढानीलकण्ठ हुन्।

कांग्रेसले सहकारी प्रकरणमा आज काठमाडौंमा प्रदर्शन गर्ने र संघीय संसदका दुवै सदनको बैठकपनि आजैका लागि आह्वान गरिरहेको छ।

Skip This
Skip This
Logo