प्रतिनिधि सभाको आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेका छन् । बैठक सुरु भएसँगै कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेपनि सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको भन्दै बैठक अघि बढाएका छन् ।
अवरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा ०८१ लाई आइतबार बसेको संसद् बैठकमा पेश गरेका छन् । त्यसअघि उनलाई आफ्नो आशनबाट रोष्ट्रमसम्म जान नदिन कांग्रेस सांसदहरूले छेक्न खोजेका थिए । कांग्रेस सांसदहरूले छेक्न खोज्दा पुनलाई माओवादी केन्द्रका सांसदहरू र मर्यादापालकले सुरक्षा दिएर रोस्ट्रमसम्म पुर्याए।
सो विषयमा सांसदहरुले धारणा राखिरहेका छन् ।





























प्रतिक्रिया