रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा, यस्ता छन् फिचर

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा, यस्ता छन् फिचर

केन्द्रबिन्दु
39
Shares

स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो प्लस चाँडै ल्याउने भएको छ। आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो प्लसले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ।

डिजाईन र डिस्प्ले

रियलमी १२ प्रो प्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो प्लसमा १२० हट्जको रिफ्रेस रेट राखिएको छ ।

दमदार पर्फर्मेन्स तथा स्टोरेज

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो प्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको र्‍यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।

अत्याधुनिक क्यामेरा

फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभि ६४ बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगापिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो प्लसमा उपलब्ध छ। यी अत्याधुनि कक्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथाफोर के भिडियो रेकर्डिङ जस्ता फिचरहरु प्रदान गर्दछ।

टिकाउ ब्याट्री तथा सुपर फास्ट चार्जिङ

६७ वाटको सुपरभोक सुपर फास्ट चार्जिङ युक्त ५ हजार एमएएचको ब्याट्रीले गर्दा रियलमी १२ प्रो प्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन्। यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ एडप्टर तथा यूएसबी टाईप-सी केबल निःशुल्क पाइन्छ। नेपालमा रियलमी १२ प्रो प्लसको १२ जिबी र्‍यामर २५६ जिबी स्टोरेजको भेरियन्ट उपलब्ध हुने अनुमान गरिएको छ।

Skip This
Skip This
Logo