काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ बाट विद्युत् बंगलादेशमा निर्यात गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्दै बंगलादेशमा आगामी वर्षबाटै विद्युत्को निर्यात हुने बताएका हुन् ।
पुनले आगामी आर्थिक वर्षमा ९०० मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने पनि बताए । उनका अनुसार आगामी वर्षबाट प्रति व्यक्ति विद्युत खपत ५० युनिट पुर्याइने छ ।
प्रसारण लाइनको निर्माणमा निजी क्षेत्रको पनि सहभागिता गहने व्यवस्था गरिने पनि पुनले बताएका छन् ।





























प्रतिक्रिया