काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, १०६१ मेगावाटको अप्पर अरुण जलविद्युत आयोजना निर्माण सुरू हुने भएको छ ।
अर्थमन्त्री वर्षमान पुने आगामी बजेट २०८१/८२ बजेट सार्वजनिक गर्दै उक्त आयोजनाको काम आगामी वर्षबाट हुने बताएका हुन् ।
सरकारले नलगाड, जगदुल्ला,नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण थाल्ने उनले बताए । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूबाट ७७.५ घुन्सा र ७० मेगावाटको घुन्सा खोला जलविद्युत आयोजना निर्माण थाल्ने बताए । ७८३ मेगावाटको सुनकोसी तेस्रो निर्माण थाल्ने घोषणा गरे ।
१० हजार ६०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजना सरकारको प्राथमिकतामा पुनले जानकारी दिए । निजी क्षेत्रबाट १०० मेगावाट सौर्य आयोजना प्रणालीमा जोड्ने सरकारको लक्ष्य छ । ऊर्जा क्षेत्रको विकास लागि ५० अर्ब ७४ करोड विनियोजन भएको छ ।































प्रतिक्रिया