प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन्।

मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन्।

उनले यो कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने बताउदै यस कार्यक्रमले छोरीलाई रोजगार उन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताएका छन्।

Logo