सीता दाहालको नाममा अस्पताल बन्ने

सीता दाहालको नाममा अस्पताल बन्ने

केन्द्रबिन्दु
36
Shares

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिवंगत पत्नी सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोपेथिक एण्ड योगिक साइन्स स्थापना गर्ने जानकारी दिएका हुन् । उक्त कलेजको पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।

२०८० असार २७ गते प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको निधन भएको थियो । उनी लामोसमय पार्किन्स रोगबाट पीडित थिइन् ।

प्रचण्डले आफ्नी पत्नीको नाममा काठमाडौं विश्वविद्यालयबाट कलेज स्थापना गर्न बजेट विनियोजन गर्न लगाएका हुन् ।

Skip This
Skip This
Logo