प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइए अन्तर्राष्ट्रिय मिडिया बोलाउँछौं : महासंघ

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाइए अन्तर्राष्ट्रिय मिडिया बोलाउँछौं : महासंघ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने नेपाल पत्रकार महासंघले चेतावनी दिएको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधानबारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोध प्रावधानहरु नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका छन् ।

विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले सरकारको कदमविरुद्ध महासंघले आजदेखि साताव्यापी आन्दोलन घोषणा गर्ने बताए ।

सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको उनले टिप्पणी गरे । विधेयकमा भएको व्यवस्था अनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्ततालाई रक्षा नगर्ने भन्दै उनले काउन्सिल गठन प्रक्रिया र नियतमा खराबी देखिएको बताए ।

विधेयकमा गरिएको मनासिब क्षतिपूर्तिको व्यवस्थाले स्वनियन्त्रणलाई बढाई नेपालमा पत्रकारिताको मुल मर्म र चुरोलाई मार्ने भन्दै उनले सो व्यवस्थाप्रति आपत्ति जनाए । दरबार र सेनासँग अधिकारका लागि लडेको महासंघको इतिहास बलियो रहेको भन्दै उनले अहिले पनि सरकारको निरंकुशता र प्रेस स्वतन्त्रता विरोधी कदमको डटेर प्रतिवाद गर्ने बताए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले फेरि एकपटक प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रनु पर्ने अवस्था आएको भन्दै सबैलाई सडक संघर्षमा ओर्लन आह्वान गरे ।
नागरिकबाट

Logo