काभ्रेको बेथानचोकमा आँखा शिविर, मोतियाविन्दुका २९ रोगीको निःशुल्क शल्यक्रिया

काभ्रेको बेथानचोकमा आँखा शिविर, मोतियाविन्दुका २९ रोगीको निःशुल्क शल्यक्रिया

केन्द्रबिन्दु
0
Shares

काभ्रे
तिलगंगा आँखा प्रतिष्ठान तिलगंगा, मेरीगोल्ड इंगलिस बोर्डिंग स्कुल, मेरिगोल्ड स्काउट बालकोट भक्तपुर तथा बेथानचोक गाउँपालिका वडा नं ४ को संयुक्त आयोजनामा सोही वडाको चलाल गणेशस्थानमा आँखा शिविर संचालन गरिएको छ । शनिबार आयोजित एकदिने निःशुल्क आँखा शिविरमा २९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

निःशुल्क आँखा जाँच शिविर भने काभ्रेको बेथानचोकमा गरिएको थियो र मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीलाई गुम्वामा ल्याइएको थियो । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक, भारतको प्रतिष्ठित पद्मश्री एवम् म्यागासासे अन्तर्राष्ट्रिय पुरस्कार विजेता प्रा.डा.सन्दुक रुइतको नेतृत्वमा रहेको आँखा विशेषज्ञहरुको टोलीले राजधानीको गोकर्णस्थित फुलाहरी गुम्वामा लगेर ति विरामीहरुको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेका थिए ।

शिविरमा आएका विरामीहरुलाई तिलगंगा आँखा प्रतिष्ठानका आँखा विशेषज्ञहरु डा.धिरज अधिकारी, डा. बासुदेव भण्डारी, डा.रोशन तामाङ, डा.पवन श्रेष्ठ र आँखा सहायक पदम श्रेष्ठले निःशुल्क सेवा दिएका थिए । विरामीहरुको सेवाको लागि बेथानचोक शिविरमा मेरिगोल्ड स्काउटकी स्काउट शिक्षिका मुना दाहालको नेतृत्वमा स्काउट टोली तथा बेथानचोक गाउँपालिका वडा नं ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ पनि खटिएका थिए ।

Skip This
Skip This
Logo