काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सयले बढेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस अघि मंगलबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस अघि जेठ ७ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै आज चाँदीको मूल्यभने तोलामा १० रुपैयाँ बढेको छ। महासंघका अनुसार बुधबार प्रतितोला १९३० रुपैयाँमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया