भूमध्य सागरमा डुंगा दुर्घटना, ६५ जनाको मृत्यु

भूमध्य सागरमा डुंगा दुर्घटना, ६५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लिबिया

प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । लिबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो । बीबीसीका अनुसार १६ जनाको सकुसल उद्दार गरिएको छ ।

जीवित व्यक्तिहरुका अनुसार यो डुंगा बिहीबार लिबियाबाट छुटेको थियो र समुद्रमा उठेका ठूला छालका कारण दुर्घटना भयो । जीवित व्यक्तिहरूले माछा मार्ने डुङ्गा प्रयोग गरी उनीहरुको उद्दार गरिएको हो । यस वर्ष १७ हजार प्रवासी र शरणार्थि समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए । गतवर्ष पनि ४ सय ४३ बढी आप्रवासीको मृत्यु भएको थियो ।

युएनएचसीआरको तथ्यांक अनुसार यस वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १६४ जनाको ज्यान गइसकेको छ । यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो ।
एजेन्सी

Logo