मिस नेपाल अनुष्का: भ्याटिकनसिटीमा इन्टर्नसिप, अष्ट्रेलियाको बैंकमा जागिर (भिडियो रिपोर्ट)

मिस नेपाल अनुष्का: भ्याटिकनसिटीमा इन्टर्नसिप, अष्ट्रेलियाको बैंकमा जागिर (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

‘मिस नेपाल २०१९’को ताज अनुष्का श्रेष्ठले चुमेकी छिन् । प्रतियोगिताको अन्तिम राउण्डमा छानिएका ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले मिस नेपालको २५ औं संस्करणको उपाधि चुमेकी हुन् ।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी थिइनन् । प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् ।

अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् । यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन् । अब उनले डिसेम्वर ७ मा हुने मिस वर्ल्ड २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् ।

भिडियो रिपोर्ट 

 

Skip This
Skip This
Logo