टी-२० विश्वकपको पहिलो खेल अमेरिकाले जित्यो

टी-२० विश्वकपको पहिलो खेल अमेरिकाले जित्यो

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आइसिसी टि-२० विश्वकपअन्तर्गत आज भएको उद्घाटन खेलमा घरेलु टोली अमेरिका विजयी भएको छ।

आज बिहान अमेरिकास्थित् डल्लासको ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ् गर्ने निर्णय गरेको थियो।

पहिला ब्याटिङ् गर्दै क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन जोड्यो।

जवाफी ब्याटिङ् उत्रेको अमेरिकाले १९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

अमेरिकाका आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन जोडे। ४२ रनमा २ विकेट गुमाएको अमेरिकाको लागि जोन्स र एन्ड्रीस गौसले तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए। गौस ६५ रन जोडे। मोनक पटेलले १६ रन जोड्दा स्टेभेन टलर शून्य रनमा आउट भए।

क्यानडाकालागि ओपनर नवनीत धालिवालले ३६ बलमा ५० रन पुरा गरे। यो टी-२० विश्वकप २०२४ को पहिलो अर्धशतक हो। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए।

यस्तै, क्यानडाकै निकोलस किर्टनले २९ बलमा अर्धशतक बनाए। उनले ५० रन पूरा गर्न तीन चौका र दुई छक्का प्रहार गरे।

Skip This
Skip This
Logo