प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर त्यसतर्फ प्रस्थान गरेका हुन् । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली प्रस्थान गरेका हुन्।

सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो । उनलाई त्रिभुवन विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतले बिदाइ गरेका हुन् ।

Logo