अब चलचित्र प्रदर्शन हुनासाथ मोबाइलमा हेर्न पाइने

अब चलचित्र प्रदर्शन हुनासाथ मोबाइलमा हेर्न पाइने

केन्द्रबिन्दु
0
Shares

डायस्पोरामा रहेर नेपाली फिल्मको प्रतिक्षा गर्ने दर्शकले अब नेपालमा रिलिज भएकाकै हप्ता फिल्म हेर्न पाउने भएका छन् । हालै सार्वजनिक एक एप्सले नेपाल रिलिजकै मितिमा विदेशका दर्शकले पनि स:शुल्क फिल्म हेर्न पाउने व्यवस्था दिलाउने भएको हो ।

नेपाली फिल्म तथा संगीत क्षेत्रको डिजिटल अधिकार खरिद गर्दै आएको कम्पनि ओएसआर डिजिटलले ‘भिडियो पसल’ नामक एप्स सञ्चालनमा ल्याएको छ । सुरुवातमा नेपाल बाहिर मात्रै डाउनलोड गर्न मिल्ने यो एप्स मार्फत नेपालमा हरेक शुक्रबार रिलिज हुने फ्रेस फिल्म डायस्पोराका दर्शकले पनि एकै समय हेर्न पाउनेछन् ।

‘नेपालमा फिल्म रिलिज हुँदा एकसाथ विदेशमा प्रिमियर हुँदा मात्र सिमित समयमा सिमित दर्शकले फिल्म हेर्ने अवस्था थियो भने चर्चाका र देशभित्र हिट भइसकेका फिल्मको विदेश रिलिज पर्खिनुपर्ने अवस्थालाई चिर्दै न्युनतम शुल्कमा सबैजसो फिल्म चाहेको समयमा हेर्न पाउने व्यवस्था एप्समार्फत गरिएको छ’ ओएसआर डिजिटलले भनेको छ। पाइरेसीको कुनै अबसर नहुनेगरी एक पटक पैसा तिरेपछि हप्ताभरी जुनकुनै समयमा पनि फिल्म हेर्न पाउने गरी भिडियो पसलको सुरुवात गरिएको छ ।

एन्ड्रोइड र आएओएसदुबै कम्पनीको मोबाइलको प्ले स्टोरमार्फत यो एप्स डाउनलोड गर्न सकिने एप्समा १ देखी ३ डलरसम्म मात्रै शुल्क तिर्दा ग्रेड अनुसारका फिल्म हेर्न मिल्नेछ । सुरुवाती चरणमा पछिल्लो क्रममा रिलिज भएका फिल्म ‘क्याप्टेनु’ ‘ब्रेकअप’, ‘प्रसाद’ अपलोड भइसक्दा अबको केहि हप्ताबाट नै नेपालमा प्रदर्शनको दिनमा नै सबै फिल्म एप्समा उपलब्ध हुनेछ ।

Skip This
Skip This
Logo