‘सेलपे’ तथा ‘फोनपे’ बीच सहकार्य

‘सेलपे’ तथा ‘फोनपे’ बीच सहकार्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) बीच सहकार्य भएको छ ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्नेछन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक QR भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउनेछन् । उक्त सम्झौतापत्रमा सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका थिए ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सके सम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस् भनी यो सहकार्य गरिएको हो । साथै यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु विच अन्तर आवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्नेछन् ।

यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १ लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्नेछन् । सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे QR Code Scan गरी भुक्तानी गर्न सक्नेछन् ।

Logo