टाइटान जिम एण्ड फिट्नेस सातौँ वर्षमा

टाइटान जिम एण्ड फिट्नेस सातौँ वर्षमा

केन्द्रबिन्दु
120
Shares

काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित् टाइटान जिम एण्ड फिट्नेसले छैठौँ वर्षपूरा गर्दै सातौँ वर्षमा प्रवेश गरेको छ।

कार्यालयमा कार्यक्रम एक आयोजना गर्दै टाइटान जिमले विशाल केक काटेर वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा गायक तथा संगीतकार सत्यराज आचार्य, ललितपुर नगरपालिकाका मेयरका स्वकिय सचिव ईन्द्र बज्राचार्य, ललितपुर १४ वडाका वडाध्यक्ष अमृजजङ्ग महत, ललितपुर १६ का वडाध्यक्ष निर्मल रत्न शाक्य, डा.सुनिता मलेकु, डा. कपिन्द्र शेखर अमात्य, रिद्दिरत्न शाक्य र थ्रि स्टार क्लबका अध्यक्ष ज्ञान बहादुर शाक्य प्रमुख अतिथि थिएस

टाइटान जिमले थ्रि स्टार क्लबसँग उनीहरूको फुटबल खेल समयमा फिट्नेसको ट्रेनिङ्ग दिने र त्यस बापत क्लबले आफ्नो जर्सीमा टाइटानको लोगो लगाउनुपर्ने एमओयुमा हस्ताक्षरसमेत गरेका छन्।

जिमका संचालक तथा नेपाल शारीरिक सुगठनका इन्टरनेशनल निर्णायमसमेत रहेका सुनिल राजकर्णिकार र उनकी पत्नी इरेन श्रेष्ठले सबै अतिथिलाई खादा ओढाएर स्वागत गरेका थिए।

Logo