सुर्खेत ,
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै प्रदेश सांसदको पैसा चोरी भएको छ । मंगलबार दिउँसो करीब २ बजे कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीको कोठाबाट ५४ हजार रुपैयाँ चोरी भएको हो ।
‘दिउँसो करीब २ बजेतिर हो, म योजनाको विषयमा मन्त्रालयतिर गएको थिएँ,’ सांसद शाहीले भने, ‘कोठामा ताला लगाइएको थियो । सरियाले ढोकाको ताला फोडेर, भित्र दराज फोडेर चोरी भयो । ५४ हजार नगद थियो । अरु केही पनि गरेको छैन । घरबेटी पुजामा गएका थिए । त्यही मौकामा चोरी भयो ।’
सांसद शाही वीरेन्द्रनगरको खजुरास्थित सिम्ताली चोक नजिकै भाडामा बस्दै आएका छन् । उनी कालिकोटबाट निवार्चित सांसद हुन् । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने चोरी गर्नेको खोजी भइरहेको जनाएको छ । ‘घटना हुँदा बित्तिकै हामी त्यहाँ पुगेका थियौँ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रदीप क्षेत्रीले भने, ‘हामीले गम्भीर रुपमा लिएका छौं । अहिलेसम्म पत्ता लागेको छैन । खोज्ने काम भइरहेको छ ।’
अन्नपूर्णबाट































प्रतिक्रिया