डिशहोमले इन्टरनेट र डिटीएचका ग्राहकका लागि ल्यायो विशेष ‘स्मार्ट अफर’

डिशहोमले इन्टरनेट र डिटीएचका ग्राहकका लागि ल्यायो विशेष ‘स्मार्ट अफर’

केन्द्रबिन्दु
9
Shares

ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मुल्य प्रदान गर्नको लागि डिशहोम फाईबरनेटले विशेष स्मार्ट अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत इन्टरनेट र डिटीएच (टीभी) सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटहरू प्रदान गर्ने कम्पनीको भनाई छ । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा विशेष अफरहरूको मजा लिन सक्नेछन् । ३ हजार ३५० रुपैयाँ पर्ने मिभी डुओपोड्स के६ एअरबड्स यो अफरमा भने ग्राहकहरुले मात्र १ हजार ६४९ रुपैयाँमा पाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, ९ हजार ९९९ रुपैयाँ पर्ने फाय-बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र २ हजार ९९९ रुपैयाँमा लिन सक्ने छन् । डिजिटल होम इन्टरनेशनलबाट सानादेखि ठूला होम अप्लायनसेसमा विशेष छुट लिन सक्ने कम्पनीको भनाई छ ।

यो गज्जबको अफरहरू कसरी प्राप्त गर्ने ?

एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम छ महिना प्याकेजको साथ नयाँ डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सन जडान गरेको हुनु पर्नेछ । अथवा आफुले चलाईरहनु भएको डिशहोम फाईबरनेट वा डिटीएच कनेक्सको प्याकेज कम्तीमा
६ महिनाको लागि रिचार्ज गर्नुपर्नेछ।

होम अप्लायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकवर्गले १२ महिनाको ईन्टरनेट वा डिटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखी सबै डिएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुट पाउन सक्नेछन् । त्यसतै २४ महिने ईन्टरनेट प्याकेज नयाँ जडान वा
रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउनेछन् ।

Skip This
Skip This
Logo