घट्यो डलर, पाउण्ड, युरो र रियालको भाउ

घट्यो डलर, पाउण्ड, युरो र रियालको भाउ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा झरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो।
यस्तै, मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ।

सोमबारको तुलनामा आज युरोको मूल्य घटेको छ। सोमबार युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको थियो।

आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा भरेको छ। सोमबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Skip This
Skip This
Logo