संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल निरन्तरता

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल निरन्तरता

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ।

आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफल आजपनि जारी रहने छ।

त्यस्तै, आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद सूर्यमान गुरुङ, पूर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रिय सभाको बैठक १:१५ बजे बोलाइएको छ। यस बैठकमापनि बजेटमाथि छलफल हुने छ।

Skip This
Skip This
Logo