सुनको मूल्य पुग्यो १ लाख ४२ हजार ७ सय

सुनको मूल्य पुग्यो १ लाख ४२ हजार ७ सय

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ। मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजारमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo