काठमाडौं
सिद्धार्थ बैंकले काठमाडौंको कालीमाटी, नयाँबजार र लाजिम्पाटमा ३ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
बैंकको कालीमाटी शाखाको उद्घाटन प्रतिनिधिसभाका सदस्य जीवनराम श्रेष्ठ तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रूपमा भएको थियो ।
त्यस्तै बैंकको नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धर र लाजिम्पाट शाखाको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ गर्नुभएको थियो ।
बैंकले देशभर १५३ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित, एक सय शाखारहित बैंकिङ सेवा, १६२ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिन मार्फत् बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया