काठमाडौं
प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकबीचको एक्विजिसन प्रक्रिया तोडिएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले सो प्रक्रिया तोड्ने निर्णय गरेको हो ।
१३ वैशाखसम्म यी दुई संस्थालाई राष्ट्र बैंकले एक्विजिसन गरिसक्न समय दिएको थियो । तर सो समयावधि भित्र यी बैंकहरूले कर्मचारी समायोजन लगायतका विभिन्न विषयमा सहमति जुटाउन नसकेपछि यी दुई संस्थाको एक्विजिसन प्रक्रिया तोडिएको हो । दुवै संस्थाले डिमर्ज हुनुको कारण खुलाउँदै राष्ट्र बैंकलाई पत्र पठाएको केन्द्रीय बैंकले जनाएको छ ।
ओम डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैंकमा एक्विजिसन गराउन दुई संस्थाबीच गत ३ भदौमा सम्झौता भएको थियो । त्यस्तै गत कात्तिक तेस्रो साता राष्ट्र बैंकले प्राइम र ओमलाई एक्विजिसनमा लैजानका सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
तर यी दुई बैंकबीच सहमति जुट्न नसक्दा तोड्ने निर्णय गर्नुपरेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । उनले भने, ‘यी दुईको एक्विजिसन तोडियो ।’ दुई वित्तीय संस्थालाई एक्विजिसनका लागि लामो समय दिइएको भएपनि सहमति जुट्न नसक्दा तोडिएको प्रवक्ता पौडेले बताए । मर्जर तथा एक्विजिसन प्रक्रिया चाँडै नटुंग्याए कारबाही गर्ने राष्ट्र बैंकले चेतावनी दिँदै आएको थियो । चलेको लामो समयसम्म पनि नटुगिंदा राष्ट्र बैंकले चाँडै टुंग्याउन दुवै बैंकलाई चेतावनी दिएको थियो ।





























प्रतिक्रिया