विराटनगर
यहाँका एक युवाले दाइजोमा कार नपाएको भन्दै श्रीमतिसहित छोरीलाई घर निकाला गरेका छन् । विराटनगर १५ का चन्दन कुमार दास र उनकी आमा सरितादेवीले जिमी कुमारीलाई कुटपिट गरी घर निकाला गरेका हुन् । दुधे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा छिन् ।
दाइजोमा कार नदिएको भन्दै श्रीमतीलाई घर निकाला गरेका दासले भारतीय आधार कार्ड बनाएको भेटिएको छ । दाइजोमा मागेको कार नदिँदा श्रीमती र दुधे छोरीलाई घर निकाला गरेका दाससँग भारत विहार राज्यको आधार कार्ड र नेपाली नागरिकता भेटिएको हो ।
दासको विहार राज्यको फारबिसगञ्ज २४ की २३ वर्षीया जिमी कुमारीसँग २०७३ फागुन १९ गते विवाह भएको थियो । विवाह भएको एक महिनापछि दास परिवारले जिमीका बुवासँग दाइजोमा कार मागेको थियो ।
अमेरिकन वाईसोप्ट कम्पनीमा काम गर्ने दासले बिहेका बेला भारतीय रूपैयाँ ३ लाख ५१ हजारसहित हिरोहोण्डा मोटरसाइकल दाइजो लिएर विवाह गरेका थिए ।
एक महिनासम्म राम्रैसँग घरव्यवहार चलाएकी जिमीका श्रीमान् चन्दन काम गर्न भारतको चेन्नईतिर गएपछि सासू सरितादेवीले कार माग गरेकी थिइन् । माइती पक्षले कार दिन नसक्ने जनाएपछि आफूलाई शारीरिक एवं मानसिक यातना दिँदै कुटपिट गरी घर निकाला गरेको जिमीले बताइन् । दास अहिले चेन्नईतिर बस्दै आएका छिन् ।
न्यायका लागि प्रशासन एवं मानवअधिकारवादी संघसंस्थामा पहल गरेको बताइन् । श्रीमानको दोहोरो नागरिकता भएको जिमीले बताइन् । उनले भारतीय नागरिक भएर नेपालको नागरिकता समेत लिएकाले कानुनी कारवाही गर्नु पर्ने बताइन् ।
दासले साविकको विराटनगर १९ वाट २०६३ चैत्र ३० गते जन्मका आधारमा नागरिकता लिएका थिए । बाबुराम पोखरेलको हस्ताक्षर भएको नेपाली नागरिकता प्रमाणपत्रमा अखिल कुमार दास बुवाको नाम उल्लेख रहेको छ । नेपाली नागरिकताको नम्बरमा दासको ज ०५३०८४/ २९३ उल्लेख गरिएको छ । उनको फोटो सहितको मतदाता प्रमाण पत्रको फारम नम्बर २१७०५३८ उल्लेख गरिएको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया