दिपेन्द्र के खनालको निर्देशनमा फेरि ‘आमा’ चलचित्र बन्ने

दिपेन्द्र के खनालको निर्देशनमा फेरि ‘आमा’ चलचित्र बन्ने

केन्द्रबिन्दु
0
Shares

नेपालमा बनेको पहिलो चलचित्र हो ‘आमा’ । यसैले, पनि यो चलचित्रले नेपाली चलचित्रको शब्दकोषमा एउटा छुट्टै महत्व र अर्थ बोकेको छ । वि.सं २०२० सालमा बनेको यहि चलचित्रको नाम सापटी लिएर वि.सं २०५१ सालमा पनि चलचित्र बनेको थियो ।

दोश्रो पटक यो नाममा चलचित्र बनेको करिब २५ वर्षपछि निर्देशक दिपेन्द्र के खनालले यही नाममा चलचित्र निर्देशन गर्न लागेका हुन् ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र आमाको घोषणा गरिएको हो । चलचित्रको छायांकन पनि निर्देशक खनालकै रहनेछ । असारबाट छायांकन सुरु हुने यस चलचित्र फागुन ९ गते देखि प्रदर्शनमा आउने निर्माणपक्षले बताएको छ । चलचित्रले ‘आमा र छोरी’ बिचको सम्बन्धलाई देखाउनेछ ।

चलचित्रको शिर्ष भूमिकामा कलाकार सूर्यमाला खनालले काम गर्दैछिन् । खनालले चलचित्रको कथावस्तुले मन छोएपछि यो चलचित्र गर्न कस्सिएको बताइन् । चलचित्रमा सूर्यमालाको छोरीको रुपमा नायिका सुरक्षा पन्त देखिदैछिन् । चलचित्रमा भूपेन्द्र खड्काको गीत रहनेछ । यस चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहनेछ ।

चलचित्रको विषयमा निर्देशक खनालले भने–‘पशुपति प्रसादपछि मनमा बस्ने यस्तो चलचित्र आएन भनेर दर्शकको गुनासो सुनिरहेको छु । यसैले, अब बर्षमा एउटा दर्शकको मनमा बस्ने, समिक्षले पनि रुचाउने चलचित्र बनाउने सोच आएको छ र म यो चलचित्र बनाउन कस्सिएको हुँ ।’ दिपेन्द्रले एउटा इतिहास बोकेको टाइटललाई आफूले हरेक कोणबाट न्याय गर्ने दाबी गरे । यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने चलचित्रका सह–निर्माता सन्तोष अधिकारी हुन् ।

Skip This
Skip This
Logo