आफ्नै लुक्सको कारण प्रियंका बनिन्, सोसल मिडियामा ट्रोल र मजाकको पात्र

आफ्नै लुक्सको कारण प्रियंका बनिन्, सोसल मिडियामा ट्रोल र मजाकको पात्र

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । बलिउड देशी गर्ल प्रियंका चोपडा स–सानो कुराले गर्दा पनि चर्चामा आउने गर्छिन् । हालै उनी पति निक जोनाससँग ७२ औं मेट गाला २०१९ नामक एक इभेन्टमा पुगेकी थिइन् ।

जहाँ उनको लुक्सले सबैलाई हैरान पार्यो । चोपडा खरानी, पहेलो र पिंक कलर मिश्रित गाउनमा चोपर्ड ब्रान्डको ज्वेलरी र सेतो ड्रामेटिक क्राउन लगाएकी थिइन् । निक भने सेतो सुटमा सजिएका थिए ।

प्रियंकाले यो लुक्समा केही तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । र त्यहि कारणले उनी अहिले मजाकको पात्र बनेकी छन् । साथै उक्त तस्विरमा ‘यो घटना कसरी भयो ?’ ‘बच्चालाई डराउनु छ भने यो तस्विर देखाउनु होस’, ‘एउटा चुडेल’ लगायतका नराम्रो कमेन्टहरु आएका छन् । तर कतिपयले भने उनको लुक्सको तारिफ पनि गरेका छन् ।

Logo