हुन्डाईका दुई मोडल आई १० र क्रेटापनि नेपालमै एसेम्बल हुने

हुन्डाईका दुई मोडल आई १० र क्रेटापनि नेपालमै एसेम्बल हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । हुन्डाईका दुई मोडल आई १० र क्रेटापनि नेपालमै एसेम्बल हुने भएको छ।

लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका अन्य दुई मोडल आई १० र क्रेटापनि नेपालमै एसेम्बल गर्ने भएको हो। कम्पनीले नवलपरासीको रामग्रामस्थित् एसेम्बली प्लान्टबाट उत्पादन गरिएको हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।

पहिलेदेखि नै नेपाली बजारमा हुन्डाईका सवारी साधन उपलब्ध गराउँदै आएको लक्ष्मी इन्टरकन्टिनेन्टल लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो। अब नेपालमै सवारी साधन उत्पादन गर्ने लक्ष्यका साथ लक्ष्मी ग्रुपले लक्ष्मी मोटर कर्पोरेसनको स्थापना गरेको छ र सो प्लान्टको सञ्चालन लक्ष्मी मोटर कर्पोरेसनले नै गरिरहेको जानकारी दिइएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार करिब एक वर्षभित्रै अन्य गाडीको एसेम्बल पनि सुरु हुनेछ।

यी सवारी साधनको सफलता मापन पश्चात मात्र भविष्यमा विद्युतीय गाडीसमेत एसेम्बल गर्न सकिने कम्पनीको भनाइ छ। हाल हुन्डाईले नेपालमा कोना र आयोनिक ५ विद्युतीय गाडी बिक्री गरिरहेको छ।

नवलपरासीको परासीमा रहेको लक्ष्मी मोटर कर्पोरेसनद्वारा संचालित हुन्डाई भेइकल एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ। वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ।

कुनैपनि सवारी साधन उत्पादन गर्नका लागि पाँच चरण पुरा गर्नुपर्ने ती पाँच चरणमध्ये पहिलो चरण प्रेस सप अर्थात स्ट्याम्पिङ, दोस्रो चरण बडी सप अर्थात वेल्डिङ र तेस्रो चरण पेन्ट सप हो। पहिलो चरणमा स्ट्याम्पिङ गरेर आवश्यक पार्ट्स तयार गरेपछि त्यसलाई जोड्ने अर्थात वेल्डिङ कार्य गरिन्छ। त्यसैगरी तेस्रो चरणमा पेन्ट सप अर्थात पेन्टिङ कार्य गरिन्छ।

चौथो चरणमा एसेम्बली सप र पाँचौ चरणमा टेस्ट लाइन कार्य हुन्छ। नेपालमा हाल यही चौथो र पाँचौ चरणको कार्य हुने गरेको बताइएको छ। कोरिया र भारतमा पहिलो तीन चरण पार गरेर ल्याइएका इन्जिन, बडी र विभिन्न पार्ट्सलाई एसेम्बल गर्ने र अन्तिममा टेस्ट गर्ने कार्य यहाँ हुने गरेको कम्पनीले बताएको छ।

यसका लागि प्लान्टभित्र मेन एसेम्बली लाइन, सब एसेम्बली लाइन, टेस्ट लाइन, १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक, वाटर सावर टेस्ट बुथ र फाइनल इन्स्पेक्सन जस्ता एसेम्बली फ्यासिलिटी रहेको कम्पनीले बताएको हो।

Logo