काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले हालै भित्र्याएको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन सुरूमा ७ लाख १९ हजार ८ सय रुपैयाँ बुझाएर लिन सकिने भएको छ।
सो कार २० प्रतिशत डाउन पेमेन्ट गरेर लिन सकिने सुविधा रहेको सांग्रिलाले जनाएको छ।
सांग्रिलालेका अनुसार बाँकी ८० प्रतिशत भने मासिक किस्ताबन्दीको रुपमा बुझाउन बैंकले दिने ब्याजदरको आधारमा बाँकी रकम ५ वर्ष वा ७ वर्षसम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिने छ।
५ वर्षको स्किम लिँदा मासिक ६१ हजार १७७ र ७ वर्षको स्किम लिँदा मासिक रुपमा ४७ हजार ७९६ रुपैयाँ बुझाउन सकिने बताइएको छ।
सिट्रोन ई–सी ३ साइनको यस्तो छ विशेषता
फ्रेन्च ब्रान्ड सिट्रोनको इलेक्ट्रिक कार ई-सी ३ को सबैभन्दा माथिल्लोअर्थात टप स्पेक भेरिएन्ट साइन नेपाली बजारमा सार्वजनिक भएको हो। सांग्रिला मोटर्सले ३५ लाख ९९ हजार रुपैयाँ मूल्यसहित सो गाडी सार्वजनिक गरेको हो।
नेपाली बजारमा सिट्रोनको इलेक्ट्रिक कार ई-सी३ का दुई भेरिएन्ट फिल र लाइभ उपलब्ध रहेको र तिनको मूल्य क्रमशः ३३ लाख र ३५ लाख रुपैयाँ थियो। अब टप स्पेक साइन भेरिएन्टको मूल्य १ लाख रुपैयाँ मात्र बढी तोकिएको छ।
नयाँ साइन भेरिएन्टमा ६ फिचर थप भएको कम्पनीको भनाइ छ। यसमा फ्रन्ट तथा रियर स्किड प्लेट, १५ इन्चको अलोय ह्विल, रियर डिफ्रोस्टर एन्ड वाइपर, इलेक्ट्रिकल ओआरभीएम, लेदर स्टेयरिङ ह्विल र रियर भ्यु क्यामेरा जस्ता फिचर थप भएर आएको बताइएको छ।
सिट्रोन ई-सी ३ मा २९.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री तथा ४२.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। यो कारको ब्याट्रीलाई एकपटक पूरा चार्ज गर्दा ३२० किलोमिटर रेन्ज पाउन सकिने कम्पनीको दावी छ। यसको ब्याट्रीलाई डिसी फास्ट चार्जरको साहयताले ५७ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ। साथै यसमा पोर्टेवल चार्जिङ केवलसमेत पाउन सकिने कम्पनीले जनाएको छ।
फ्रन्ट ह्विल ड्राइभ सिस्टम दिइएको यो कारको अधिकतम पावर ५७ पिएस र टर्क १४३ एनएम छ। यसैगरी, टप स्पिड १०७ किलोमिटर र ग्राउन्ड क्लियरेन्स १७० एमएम छ। ई-सी३ मा फ्रन्ट डुअल एयरब्याग, एबिएस र इबिडीलगायत अन्य धेरै सेफ्टि फिचरसमेत पाउन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले ब्याट्रीमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर र मोटरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी दिने बताएको छ।































प्रतिक्रिया