सृजना खत्री ‘हाउडे माया’का ती दिन, जतिबेला पैसा नभएर एक्लै रोएकी थिइन्… (अन्तर्वार्ता)

सृजना खत्री ‘हाउडे माया’का ती दिन, जतिबेला पैसा नभएर एक्लै रोएकी थिइन्… (अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय ‘एक्स–लभ’ अर्थात ‘मेरो एक्सको छम्मा’ बोलको गीतबाट चर्चामा आएकी गायिका हुन् सृजना खत्री (हाउडे माया) । विशेष गरेर ‘एक्स–लभ’ बोलको गीत प्रेमीबाट पीडित युवतीहरूका लागि बजारमा ल्याएको दावी गर्दै आएकी छन् खत्रीले । ‘हाउडेमाया’ बोलको गीतबाट सांगितिक यात्रा शुरु गरेकी खत्री आफ्ना सृजनाहरू दर्शक स्रोताले मन पराइदिएकामा उत्साहित छिन् ।

आफ्ना हरेक गीतले यो समाजको वास्तविक कथा बोल्ने गरेको र सोही अनुरुप एक्सको छम्माले पनि प्रेममा परेर पीडित भएका युवतीको कथा बोलेको उनको दाबी छ । फरक शैलीका साथ बजारमा आएको नयाँ गीत सफल भएपछि खत्री यतिबेला निकै व्यस्त भएको बताउँछिन् ।

उनै गायिका खत्रीले केन्द्रविन्दुका मनोज न्यौपानेसँग गरको विशेष कुराकानीका क्रममा आफ्नो विगत अनि संघर्षका दिन सम्झन भ्याएकी छिन् । हेरौं उनै गायिकासँगको विशेष भिडियो अन्तर्वार्ता :
भिडियो

Logo