सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित नेपाल भित्रियो रियलमी १२ प्रो प्लस 

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्ससहित नेपाल भित्रियो रियलमी १२ प्रो प्लस 

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । रियलमीले नयाँ प्रडक्ट नेपालमा रियलमी १२ प्रोप्लस ल्याएको छ।

सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स आकर्षक डिजाईन तथा उपयुक्त मूल्यका साथ यो फोन नेपाल ल्याइएको हो।
 
फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रोप्लसले उच्च स्तरको टेलिफोटोहरु लिन सकिने विक्रेता कम्पनी रियलमी नेपालले जानकारी दिएको छ। जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोर्ट्रेटहरू खिच्न सक्ने बताइएको छ। 

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले नेपाली बजारमा रियलमी १२ प्रोप्लस धेरैको रोजाइमा परेको अपेक्षा लिएको बताए। ‘नेपाली बजारमा रियलमी १२ प्रोप्लस लिएर आउँन पाउँदा हामी उत्साहित छौँ, यसक फानेको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्ट फोनमा नयाँ अनुभव प्रदान गर्नेछ,’ उनले भने।

रियलमी १२ प्रोप्लसमा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ। जसले प्रयोगकर्ताहरुलाई रङ्गिनतथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
 
रियलमी १२ प्रोप्लसममा १२० हर्ट्जको रिफ्रेस रेट राखिएको छ। क्वाल्कम स्न्यापड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमाचल्ने रियलमी १२ प्रोप्लसमा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्ने कम्पनीले बताएको छ। यो फोनमा १२ जिबीको र्याम साथै ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ।
 
फोटोग्राफीतथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रोप्लसको क्यामरा अति उपयोगी रहेको गिरीले बताए। ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजनओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफाफोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा,  ८ मेगापिक्सेलको ११२ डिग्रीको वाइड एङ्गलक्यामरा र ३२ मेगापिक्सेलको सोनि आईएमएक्स ६१५ सेल्फीक्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रोप्लसमा उपलब्ध रहेको कम्पनीले बताएको छ। 

टिकाउ ब्याट्री तथा फास्ट चार्ज हुने 
६७ वाटको सुपर भोक सुप रफास्ट चार्जिङ्ग युक्त ५ हजार एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रोप्लसका प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सकिने कम्पनीको दाबी छ। यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथायूएसबी टाईप–सी केबल निःशूल्क पाइने कम्पनीले बताएको छ।
  
रियलमी १२ प्रोप्लस १२ जिबी र्याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ।

सबमरिन ब्लू, एक्सप्लोरर रेड, रन्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रोप्लसको मूल्य ५० हजार ९९९ रुपैयाँ तोकिएको छ।

Skip This
Skip This
Logo