काठमाडौं । गदम्बा मोटर्सले ग्राहकका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ।
ग्राहकलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गतेसम्म चल्ने जगदम्बा मोटर्सले जनाएको छ।
‘मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरती-एफआई, बीएस-भीआई राइड मोडहरू, जीटीटी (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिले सुसज्जित टिभिएस मोटरसाइकल मोडलमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।
यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
यस सीमित अवधिको अभियानमा ग्राहकले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३ लाख ९९९ सय प्रति महिनाको इएमआईपनि उपलब्ध गराएको छ। साथै ग्राहकले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामग्रीपनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।
जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दाबढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको जगदम्बाको दाबी छ।
गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित रहेको जगदम्बाको दाबी छ।































प्रतिक्रिया