नाडाको प्रतिनिधि मण्डलद्धारा भन्सार विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका विषयमा छलफल

नाडाको प्रतिनिधि मण्डलद्धारा भन्सार विभागका महानिर्देशकसँग अटोमोवाइल क्षेत्रका विषयमा छलफल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेटवार्ता गरेर भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याका विषयमा छलफल गरेको छ।

गत बिहीबार नाडाका सो छलफलमा अध्यक्ष चौधरीले वर्तमान बजेटमा सवारी साधनहरुमा मूल्य अभिबृद्धिकर लाग्ने भन्ने उल्लेख नभएको सन्दर्भमा व्यवसायीले मूल्य अभिबृद्धि कर लिने वा नलिने अन्यौलता भएको बताए।

सोही छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भन्सार विभागले मिति २०८१/०२/२१ मा मालबस्तु छुटाई लैजाने सम्बन्धमा जारी गरेको सूचनाका बारेमा जिज्ञासा राख्दै वर्तमान समयमा सो तोकिएको समयमा भन्सार बिन्दुहरूमा रहेका सवारी तथा ढुवानीको जाँचपास गर्न नसकिने बताउँदै सयम थपका लागि आग्रह गरेका थिए।

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भन्सारसँग सम्बन्धित ७ बुँदे लिखित सुझावहरू प्रस्तुत गर्दै टायर लुव्रिकेण्टस जस्ता अटोमोवाइल बस्तुहरूको गुणस्तर मापन गर्ने व्यवस्था गर्न र देशमा गुणस्तर युक्त सामानहरू आयात गर्न सरकारले प्राथमिकता दिनुपर्नु माँग राख्दै यसबाट देशमा रोजगारी सिर्जना हुने र देश आत्मनिर्भरतर्फ अग्रसर हुने बताए। सोही छलफलमा महासचिव उप्रेतीले नेपालमै सिकेडी मोडेलमा अटोमोवाइल वस्तुहरूपनि उत्पादन गर्न सकिने बताउँदै भारतबाट अटोमोवाइल कवाडी सामानहरूसमेत आयात हुँदा व्यवसायमा असर परिरहेको बताएका थिए। सोही क्रममा महासचिव उप्रेतीले एक्जीम कोडको नविकरण अवधि १ वर्षबाट ५ वर्ष पुर्याउने व्यवस्थाका लागिसमेत आग्रह गरे।

सो छलफलमा नाडाका सचिव विक्रम सिंहानियाले दिल्ली नेपाल चल्ने बस सेवाबाट अटोमोवाइल वस्तुहरूको अनधिकृत आयात हुने गरेको बताउँदै एअरपोर्ट कुरियरमार्फत पनि नेपालमा अटोमोवाइल कम्पोनेण्टहरु आउने गरेकोले सरकारले सीमामा कडाई गर्नु पर्ने धारणा राखे।

नाडाका हेलमेट समितिका उपसभापति नारायणप्रसाद पौडेलले हेलमेट जस्तो बस्तु जनताको जीवन सुरक्षासँग सम्बन्धित भएकोले नेपालमा गुणस्तरीय हेलमेलहरू मात्र आयात गर्न सकिने व्यवस्था हुनुपर्ने र त्यसका लागि विभागले त्यसको गुणस्तर मापन गर्ने यन्त्रसमेत राख्नु पर्ने धारणा राखे।

छलफलको अन्त्यमा महानिर्देशक निरौलाले नेपालका अटोमोवाइल क्षेत्रका समस्याहरूका विषयमा आफू जानकार रहेको र नाडाका सुझावहरू मननीय रहेको बताउँदै सवारी साधनमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था भुलबस भएको बताए। त्यसैगरी उनले आउँदो आषाढ मसान्तसम्म भन्सार विन्दुहरूमा रहेका सवारी तथा ढुवानीका साधनहरूको जाँचपास गरि दिन अनुरोध गरे।

उक्त छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य नवराज भुषाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानकोसमेत उपस्थिति थियो।

Skip This
Skip This
Logo