रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः कोइराला, प्यानल नै विजयी

रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा पुनः कोइराला, प्यानल नै विजयी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली बजारमा सेकेन्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति चयन भएको छ।

काठमाडौंमा सम्पन्न सातौं र आठौं साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुनः अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

निर्वाचनमा कोइरालाको प्यानल पुरै विजयी भएको छ। भने, उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो।

घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन्।

त्यसै गरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन्।

निर्वाचित कार्यसमिति सदस्यहरूमा मनिषराज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने, रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल निर्वाचित भएका छन्।

Skip This
Skip This
Logo