सपथ गराउने प्रचलन हटाऊ- सूचना आयोग

सपथ गराउने प्रचलन हटाऊ- सूचना आयोग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिँईदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका हुन् । आईतबार आयोगको ११ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै उनले राणाकाल र पञ्चायतकालको झल्को दिने गरी गोपनियताको सपथ खुवाउने तथा सरकारी कागजातहरुमा गोप्य र अतिगोप्य छाप लगाउने प्रचलनलाई अझै पनि निरन्तरता दिइएकोमा आपत्ति पनि जनाए । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचना पाउने संवैधानिक हकको उपयोग गर्न पनि सबै नागरिकलाई आह्वान गरे ।

आयोगले आम नागरिकलाई आफ्नो र सार्वजनिक महत्वको विषयमा सूचना लिने संवैधानिक हक भरपुर उपयोग गर्न आह्वान गर्दै प्रभातफेरी निकालेको हो । काठमाडौंको बागबजारबाट निकालिएको प्रभातफेरी पुतलीसडक, अनामनगर हुँदै बानेश्वरको देवीनगरस्थित आयोगको कार्यालयमा पुगेर समापन गरिएको थियो । प्रभाफेरीमा ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’, ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’लगायत लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरिएको थियो ।

सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारले २०६५ साल बैशाख २२ गते अर्थात् आजकै दिन राष्ट्रिय सूचना आयोगको गठन भएको थियो । आयोगले सूचना ऐनमार्फत् नागरिकको सूचनाको हकलाई प्रत्याभूति गराउन सरकारी तथा गैरसरकारी संस्थाहरुलाई सचेत गराउँदै आएको छ । प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनमा प्रगति हुँदै आएको पनि बताए । विगत एक वर्षमा नेपालमा ५० हजार नागरिकले सूचनाको हकको माग गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo