काठमाडौं
आमाको मुख हेर्ने दिन आज । सबैले आआफ्ना आमालाई श्रद्धापूर्वक मिठो खानेकुरा खुवाएर र राम्रा लुगा लगाउन दिएर मनाउँदैछन् । आमा नहुनेले आमाको सम्झना गर्दैछन् । एउटा बच्चाको लागि आमा र आमाको लागि छोराछोरी , शायद यसकै आडमा संसार चलेको छ । यसो भन्दा कुनै आपत्ति नहोला ।
कुनैपनि कुरा साथमा रहँदासम्म महत्व कम हुन्छ जब साथबाट हराउँछ अनि महत्व देखिन्छ । यो सत्य कुरा हो । हो यहाँ यस्तै सत्य कुरालाई गित मार्फत देखाउने प्रयास गरिएको छ । पत्रकार विदुर खतिवडाको निर्देशनमा बनेको यस भिडियोमा अमित विष्टले स्वर दिएका छन् भने नायिका संचिता लुईंटेलको दमदार अभिनय रहेको छ । शैलेन्द्र प्रधानले एरेन्ज गरेको यस गितमा लय निष्चल दाहालको रहेको छ ।
क्यामेरामा सुदिप बराल र किरण खतिवडा रहनु भएको गितलाई टेकेन्द्र शाहाले सम्पादन गर्नु भएको छ । गितलाई मिडिया प्रोडक्सनले बजारमा ल्याएको हो । आमाको माया कस्तो हुन्छ , हेरौं यो भिडियोमा :































प्रतिक्रिया