दाङको शान्तिनगरमा झाडापखालाले पुरै गाउँ प्रभावित, ५० भन्दा बढी बिरामी

दाङको शान्तिनगरमा झाडापखालाले पुरै गाउँ प्रभावित, ५० भन्दा बढी बिरामी

केन्द्रबिन्दु
0
Shares

दाङ

दाङको शान्तिनगर गाउँपालिकामा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाका कारण शान्तिनगरको भलानेटी पुरै गाउँ प्रभावित भएको गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

शान्तिनगरको भलानेटीमा झाडापखालाको प्रकोप देखिएपछि उच्च सतर्कता अपनाइएको छ । झाडापखाला फैलिदा सिङगो गाउँ त्रसित भएको छ । शुक्रबार बिहानबाट देखिएको झाडापखालाको प्रकोप बढ्दै गएको र बेलुकासम्म ५० जना भन्दा बढी बिरामी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले बताए ।

शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुनले भलानेटीमा झाडापखालाको प्रकोप देखिएको भन्दै उपचारलाई प्रभावकारी बनाइएको बताए ।

उनले केहीलाई गाउँमै र कडा बिरामीलाई स्वास्थ्य चौकीमा ल्याएर उपचार गरिरहेको बताए । झाडापखालाको प्रकोप भएको क्षेत्रमा गाउँपालिका अध्यक्ष कमानसिह डाँगी, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, वडा अध्यक्ष बुद्धीराम तिवारी लगायतको टोलीले स्थलगत अवलोकन गरेको छ ।
अन्नपूर्णबाट

Logo