कसरी राखियो भारतीय चक्रवातको नाम ‘फानी’ ?

कसरी राखियो भारतीय चक्रवातको नाम ‘फानी’ ?

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय मौसम विभागको अनुसार समुद्री चक्रवाती तूफान ‘फानी’ ले भारतको पूर्वी क्षेत्रको जनजीवन प्रभावित पारेको छ । तूफानले गर्दा ओडिसामा भारी वर्षा भएको र त्यहाँ ठुलो हावाहुरी चलिरहेको भारतीय मिडियाले जनाएका छन् ।

१७५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा हवाहुरी चलेको हुँदा मानिसको जनजीवन प्रभावित पारेको छ । जुन तुफानको नाम फानी राखिएको छ । यो तूफानको नाम बंग्लादेशले राखेको हो ।

कसरी राखिन्छ नाम ?
पहिले यस्ता आँधीको नाम राख्ने चलन थिएन। हिन्द महासागर क्षेत्रमा आउने आँधीको न्वारान हुन थालेको सन् २००० पछि मात्रै हो। नाम नहुँदा आँधीको नम्बर वा अक्षांश, देशान्तरका नम्बरहरु सम्झनु पर्ने हुन्छ । जुन झण्झटिलो हुन्छ । त्यस्तै एकभन्दा बढी आँधीलाई ट्रयाक गर्नुपर्दा अप्ठेरो पनि हुन्छ।

सन् २००४ मा यो क्षेत्रका ८ वटा देश बंगलादेश, भारत, माल्दिभ्स, म्यान्मार, ओमान, पाकिस्तान, श्रीलंका र थाइल्यान्डले विभिन्न नामहरुको एउटा सेट बनाए। त्यही नामहरु समुद्री आँधी बन्न थालेपछि राख्ने गरिन्छ।

यसको समन्वय गर्छ विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओले) । यी नामहरु पालैपालो घुमिरहन्छन्। कुनै समुद्री आँधीले धेरै नै क्षति पुर्यायो भने त्यो नामलाई सूचीबाट हटाइन्छ र अर्को नाम राखिन्छ।

उत्तरी हिन्द महासागरको समुद्री आँधीको नाम नयाँ दिल्लीमा कार्यालय रहेको रिजनल स्पेसलाइज्ड मिटियोरोलोजिकल सेन्टरले राख्छ। यसले अरेबियन सागर र बंगालको खाडीलाई कभर गर्छ।

सन् २०१४ अक्टोबरमा हुदहुद आँधीले नेपालमा समेत प्रभाव पारेको थियो। त्यतिबेला धौलागिरी हिमालमा हिमपहिरो जाँदा र भारी हिमपात हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो। यो नाम ओमानले राखेको थियो।

नामका लागि आठ वटा सूची राखिएको छ जसमा आठ देशले आ(आफ्ना नाम दिएका छन्। अर्थात् कूल ६४ नाम। बंगलादेशले ओनिल, ओग्नी, निशा, गिरी, हेलेन, चपला, अक्खी र फोनी नाम दिएको छ।

भारतले दिएका नामहरु अग्नि, आकाश, बिजली, जल, लहर, मेघ, सागर र वायु हुन्। पाकिस्तानले फनूस, नर्गिस, लैला, निलम, निलोफर, वारदा, तितली र बुलबुल नाम दिएको छ।

Skip This
Skip This
Logo