गोदावरीमा बाइकर्स जात्रा आयोजना हुँदै

गोदावरीमा बाइकर्स जात्रा आयोजना हुँदै

केन्द्रबिन्दु
9
Shares

बाइक एण्ड कफी र कार एण्ड कफी जस्ता इभेन्टको लागि चर्चित कम्पनी बाइकाहोलिक नेपालले बाइकर्स जात्रा (मोटरसाइक्लिङ कार्निभल) २०२४ आयोजना गर्ने भएको छ ।

गोदावरी भिलेज रिसोर्टमा आगामी अगस्ट २४ गतेबाट द हिमालयन टाइम्ससँगको सह–आयोजनामा उक्त कार्निभल आयोजना गर्न लागेको हो । कार्निभललाई नेपाली अटोमोबाइल, मोटरसाइकल, पर्यटन तथा स्पोर्ट्स क्षेत्रकै मेगा र माइलस्टोनिक इभेन्ट बनाउने कम्पनीको लक्ष्य छ ।

बाइकहोलिकका संस्थापक तथा प्रमुख अश्विन श्रेष्ठ (जिवोन)का अनुसार यसमा मोटरसाइकल परेड, लाइभ म्युजिक पर्फमेन्स, डिजे स्टल, मोटरसाइकल सम्बन्धी खेलहरू, क्याम्पिङ, सेफ्टी राइडिङ ओरिएन्टेसन र अवार्ड तथा स्टोरी टेलिङहरु रहनेछन् । मोटरसाइक्लिङ सम्बन्धी स्टलहरू, प्रदर्शनी, प्रोडक्ट लन्चिङ लगायतका कार्य पनि जात्राका थप आकर्षण हुनेछन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँग आबद्ध यो कार्निभलको महत्वपूर्ण कार्यक्रम मोटरसाइकल सम्बन्धी राष्ट्रिय तहको पोलिसी डाइलग पनि हो । इन्टररियाक्सन अन माेटरसाइक्लिङ सेप्टि एण्ड सस्टेनबिलीटी शीर्षकमा हुने सो कार्यक्रममा नेपाली मोटरसाइक्लिङ क्षेत्रकै महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहनेछ । जुन सत्रमा दुई पांग्रे टुरिङ इन नेपाल, माेटरसाइक्लिङ सेप्टि एण्ड सस्टेनबिलीटी/वुमन इन माेटरसाइक्लिङ जस्ता विषयहरुमा प्रस्तुति र छलफल हुने कम्पनीले जनाएकाे छ ।

Skip This
Skip This
Logo