युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को सहमति

युक्रेनलाई रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने जी–७ को सहमति

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ।

सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ। इटालीमा जारी जी–७ राष्ट्रहरुको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबाट हामीहरु पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका छन्।

यता रुसले भने यो ऋण सम्झौताको नतिजा धेरै पीडादायी हुने उल्लेख गरेको छ।

सम्मेलनका क्रममा बाइडेन र युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो। त्यसक्रममा उनीहरुले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

जी–७ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत सदस्य छन्।

Skip This
Skip This
Logo