बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय

बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय

केन्द्रबिन्दु
18
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए।

यस्तै, आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ।

स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमती दिएको पनि श्रेष्ठले बताए।

बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ।

Skip This
Skip This
Logo