काठमाडौं । युरोकपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुँदैछ। मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ। युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाईदै छ।
युरोकपको उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि हुँदै छ। युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो। इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो।
यस युरोकपमा भाग लिएका २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि समूहमा शीर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शीर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन्।
युरोकपको समूह ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन्। त्यस्तै समूह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् भने समूह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन्। त्यस्तै समूह डी मा पोल्याण्ड, नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्स रहेका छन् भने समूह इ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन रहेका छन्। त्यस्तै समूह एफ मा टर्की, जर्जियाम पोर्चुगल र चेक रिपब्लिक रहेका छन्।































प्रतिक्रिया