थाई नरेशले आफ्नै अंगरक्षकसँग गरे चौंथो बिहे

थाई नरेशले आफ्नै अंगरक्षकसँग गरे चौंथो बिहे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अंगरक्षकसँग विवाह गरेका छन् । राज्याभिषेक गरेको तीन दिनमै ६६ बर्षीय नरेशले आफ्नै अंगरक्षक ४० बर्षीया सुथिदासँग चौथो बिहे गरेका हुन् ।

सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन्। शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन्। त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले जनाएका छन् ।

थाई नरेश युवराजले नै उनलाई राजदरबारको सुरक्षा हेर्ने निकायमा राखेका थिए । युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२ मा पदक प्राप्त गरेकी थिईन् । अहिले सम्म उनले छ वटा पदक पाइसकेकी छन्।

सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरिएको थियो । आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर ‘फुल जनरल’ बनाएका थिए । अहिले सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन्।

बुवा भुमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन्। उनको राज्याभिषेक आउँने शनिबार हुँदैछ।

थाई नरेशले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । उनीहरू बीच १३ बर्ष लामो वैवाहिक सम्बन्ध थियो । यो भन्दा पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् ।

Skip This
Skip This
Logo