काभ्रे
काभ्रेको मण्डनदेउपुर–६ की २५ वर्षीया महिला सरिता दुलालको घरभित्रै शंकास्पद मृत्यु भएपछि अहिले निकै शंकाउपशंकाहरु उब्जिन थालेका छन् । उनको परिवारबाटै हत्या भएको भन्दै मण्डनदेउपुरका महिलाहरुले दोषीलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
सरिताको गत बिहीबार राति घरभित्रै शंकास्पद मृत्यु भएको थियो । शुक्रबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले शंका लागि प्रहरीलाई खबर गरेका थिए । घरभित्र उत्तानो अवस्थामा मृत भेटिएकी सरिताको शरीरभरी निलडाम भएको प्रहरीले जनाएको छ।

स्थानीयले घरपरिवारबाटै उनको हत्या भएको आशंका गरेका थिए । सरिताका श्रीमान् सुदिप दुलाल फरार छन् । प्रहरीले मृतकका ससुरा पिताम्बर दुलाल, सासु गंगा दुलाल, जेठाजु केशव दुलाल र जेठानी संगिता दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
घरायसी कारणले परिवारका सदस्यहरु मिलेर सरिताको हत्या भएको स्थानियवासीहरु ठोकुवा गर्छन् । सरिताका माइती पक्षलाई उनका जेठाजुले धम्कीपूर्ण रुपमा सकेको गर भनेर पछि घटनाले अर्को मोड लिएको बताइन्छ । सरिताको चारदिनपछि सोमबार दाहसंस्कार गरिएको छ ।





























प्रतिक्रिया